समाज


काठमाडौंको टोखामा ‘क्लोथ बैंक’ सञ्चालन, राजेश हमालले गरे उद्घाटन

काठमाडौंको टोखामा ‘क्लोथ बैंक’ सञ्चालन, राजेश हमालले गरे उद्घाटन

नेपालखबर
फागुन १८, २०८० शुक्रबार १७:४३, काठमाडौँ

आजबाट काठमाडौंमा क्लोथ बैंक सञ्चालनमा आएको छ। शुक्रबार टोखा नगरपालिकाको प्राङ्गणमा कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमको उद्घाटन अभिनेता राजेश हमालले गरे।

कार्यक्रममा हमालले कपडा विहीनलाई कपडा दिने जस्तो पुन्य कार्यमा सहभागी हुन आग्रह गरे।

कपडा बैंक शुभारम्भ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नगर प्रमुख प्रकाश अधिकारीले यो अभियानमा साथ दिन सबैसँग आग्रह गरे।

क्लोथ एण्ड फुड बैंक सञ्चालनमा टोखा नगरपालिका काठमाडौंमै पहिलो बनेको छ।

क्लोथ एन्ड फुड बैंक नेपालले प्रयोगमा नआएको घरमा यत्तिकै रहिरहेको पुरानो लत्ता कपडा सञ्चालन गरी पुनः प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने उदेश्य राखेको छ। देशका सातै प्रदेशमा स्वरुमहरू सञ्चालन गर्न लागिएको जनाइएको छ।

‘आफ्नो घर, टोल र समाजलाई सफा राखौं भन्ने नाराका साथ यो अभियान जारी रहेको क्लोथ एन्ड फुड बैंक नेपालका अध्यक्ष कमल जिसीले बताए।

केही दिन अघि मात्र बुटवल उपमहानगरपालिका रुपन्देही संचालन समेत गरिसकिएको छ।

नगरका विभिन्न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनः प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गरिनेछ।

अध्यक्ष जिसीका अनुसार आगामी दुई वर्षमा कपडाविहीन मुक्त बनाउने र २०८२ सम्ममा देशभर फूड एम्बुलेन्ससमेत सञ्चालन गर्ने योजना छ।

अहिलेसम्म १५४ स्थानीय तह यो अभियानमा जोडिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .