समाज


२३ वर्षअघिको हत्या घटनाका आरोपी पक्राउ

२३ वर्षअघिको हत्या घटनाका आरोपी पक्राउ

नेपालखबर
फागुन २२, २०८० मंगलबार १६:०, काठमाडौँ

विस. २०५७ सालमा भएको एक हत्या घटनाका फरार अभियुक्त पक्राउ परेका छन्।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का ४४ वर्षीय प्रेम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

२०५७ माघ १६ गते साविक ध्याङ्फेदी गाविस वडा नं ३ स्थित आफन्तको घरमा घेवा मान्न गएका मख्खु भन्ने छेवाङ तामाङलाई घरको आँगनमा नाचगान गरिरहेको अवस्थामा  प्रेमबहादुर तामाङ समेतका व्यक्तिहरूले सोही दिन दिउँसो मख्खु र छट्टु तामाङबीच भएको झगडालाई लिएर खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको आरोप छ।

फरार रहेका तामाङलाई काठमाडौंको गोकर्णेश्वर–८, माकलबारीमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलिले फागुन २१ गते पक्राउ गरेको हो।

उनीमाथि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad