ad ad

समाज


दुर्गा प्रसाईंका बडिगार्डलाई ५ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंका बडिगार्डलाई ५ दिन हिरासतमा राख्न अनुमति

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८० मंगलबार १८:४९, काठमाडौँ

व्यवसायी दुर्गा प्रसाईंका दुईजना बडिगार्डलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउने अनुमति प्रहरीलाई मिलेको छ।

सोमबार सर्वोच्च अदालत परिसरबाट लाइसेन्स प्राप्त हतियारसहित पक्राउ परेका दुईजना बडिगार्डलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो। 

जर्मनीमा निर्मित अत्याधुनिक हतियारसहित पक्राउ दीपक खड्का र राजकुमार धिमाललाई ५ दिन हिरासतमा राख्ने अनुमति भएको हो। 

सोमबार दिउँसो सर्वोच्च अदालतभित्र उनीहरू हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनीहरूलाई सिंहदरबार बृत्तमा राखेर मुद्दा अघि बढाउने गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।

सोमबार सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइका क्रममा उनका बडिगार्डहरू हतियार लिएर प्रवेश गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .