समाज


राशिफल १४ चैत : यी अङ्‌कलाई ख्याल गर्नुस् उच्च सफलता हात पर्नेछ

राशिफल १४ चैत : यी अङ्‌कलाई ख्याल गर्नुस् उच्च सफलता हात पर्नेछ

पण्डित नारायणप्रसाद दुलाल
चैत १४, २०८० बुधबार ४:४४, काठमाडौँ

आज बुधबार, १४ चैत २०८० (२७ मार्च २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : मनपर्ने व्यक्तिको भरपुर साथ-सहयोग मिल्नेछ। अचल सम्पत्ति हात पर्ला। कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ। घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन्। गरेको कार्यमा सफलता हात लाग्नेछ।

भाग्यशाली रङ आकाशे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६२, सेयर बजारमा ५०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ८६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी फल मिल्नेछ। लगानीको अवसर आउनेछन्, सोचविचार गरेर गर्नु होला।

वृष : नयाँ काममा हात हाल्ने समय छ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ। साँझमा मित्रहरूले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला।

भाग्यशाली रङ गुलाबी र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५२, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ६६ र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। छलकपटतिर नलाग्नु नै बेस हुनेछ।

मिथुन : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। विनाप्रतिस्पर्धा फाइदा हुने योग छ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ। भ्रमणको योजना बन्नेछ। सेयर बजारको लगानी त्यति भरपर्दो रहन्न।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ५७, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। उत्तर दिशातर्फको यात्रा फलदायी छैन।

कर्कट : ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। मनमा दुबिधा उत्पन्न होला। स्वास्थ्य प्रतिकूल रहला अतः सजग रहनु उचित हुन्छ। साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ।

भाग्यशाली रङ गुलाबी वा सेतो हो भने भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ६९, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा कामका बीच आइपर्ने बाधा-अप्ठ्याराको सामना गर्न सहज हुनेछ। हरियो रङको प्रयोग नगर्दा नै बेस हुन्छ।

सिंह : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ र आम्दानी बढ्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६७, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ४० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भैरवजीको दर्शन गरेर बिहानीको सुरुआत गर्नु राम्रो हुनेछ। खैरो रङको प्रयोग उपयुक्त छैन।

कन्या : सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रमणीय र सुखद यात्रा हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइनेछ। शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ७२, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ४४ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गरेमा आर्थिक समस्याबाट बचिनेछ। तामसिक भोजन नगरेकै बेस।

तुला : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। सद्‌विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ७५, व्यापारमा ८०, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। झुट बोल्नतिर लागेमा उल्टै हानि गर्नेछ।

वृश्चिक : समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। समस्या समाधानका लागि चालिएका कदम निरर्थक हुन सक्छन्। स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ। साँझमा भने धनलाभ हुन सक्छ।

भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ६७, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ८२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवीन कार्यको सुरुआत गर्नुअघि वृक्षारोपण गर्नु राम्रो हुनेछ। दक्षिण दिशाको यात्रा फलदायी छैन।

धनु : शुभकार्यको चर्चा चल्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ। सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। स्वास्थ्यमा सुधार आउला।

भाग्यशाली रङ गुलाबी र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ७२, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ७४ र शिक्षामा ७६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज अग्रज व्यक्तिसँग सुझाव लिएर नयाँ कामको सुरुआत गर्दा फाइदा हुनेछ। अखाद्य वस्तुको सेवन नगर्नु होला।

मकर : कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मनोरञ्जक कार्यक्रममा सहभागी भइनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७७, सेयर बजारमा ५६, वैदेशिक कार्यमा ८० र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता र यात्राको योग ६३/६३ तथा सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा आर्थिक समस्याबाट छुटकारा पाइएला। यात्राको योग छ तर खासै फलदायी छैन, त्यसैले भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ : आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। पुरुषलाई महिला वर्गबाट विशेष सहयोग हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६७, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्रेमी/प्रेमिकाको सल्लाह मानेर अघि बढ्नु श्रेयस्कर छ। कालो रङको प्रयोग फाप्ने देखिएन।

मीन : आँटेको काममा ढिलासुस्ती हुन सक्छ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ। तीर्थाटनको योग छ। स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः  सचेत रहनु होला।

भाग्यशाली रङ निलो र अङ्क ८ हो भने प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४७, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ४४ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। खरानी रङको प्रयोग फलदायी छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .