ad ad

समाज


प्रहरीले छाड्यो अनेरास्ववियु नेतृ रक्षा बमलाई

प्रहरीले छाड्यो अनेरास्ववियु नेतृ रक्षा बमलाई

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०८० शुक्रबार १४:११, काठमाडौँ

अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम (राजमती) रिहा भएकी छन्।

आपराधिक लाभ लिएको अभियोगमा पक्राउ गरेकी उनलाई जिल्ला सरकारी वकिलको रायमा रिहा गरिएको हो। 

जिल्ला सरकारी वकिलको कार्यालयको रायमा प्रहरीले बमलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्ने भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले सरकारी वकिलको रायअनुसार बमलाई शुक्रबार नै रिहा गरिएको बताएका छन्। 

नेतृ बमलाई मंगलबार अपरान्ह काठमाडौंको नागार्जुनबाट पक्राउ गरेर महाराजगञ्ज बृत्तको हिरासतमा राखिएको थियो।

बझाङकी रश्मिला धामीले दिएको उजुरीका आधारमा उनी पक्राउ परेकी थिइन्। रश्मिलाको मोबाइल फोन नियन्त्रणमा लिएर आपराधिक लाभ लिएको आरोप लागेको रक्षामाथि लागेको थियो। 

यसअघि अदालतले बमकाे मानहानी गरेकाेसम्बन्धी मुद्दामा धामीविरुद्ध जाहेरी दिएकी रश्मिला पनि दाेषी ठहरिएकी थिइन्। 

रक्षा बम नागार्जुनस्थित ओशो तपोवनमा थिइन्। उनी ओशो तपोवनमा ध्यानमा रहेका बेला रश्मिलाको उजुरीको आधारमा पक्राउ गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .