ad ad

समाज


नेपाल प्रवेश गर्दै वर्षा गराउने बादल, सतर्कता अपनाउन अनुरोध

नेपाल प्रवेश गर्दै वर्षा गराउने बादल, सतर्कता अपनाउन अनुरोध

नेपालखबर
चैत १६, २०८० शुक्रबार २१:३९, काठमाडौँ

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल भारतबाट वर्षा गराउने बादल नेपाल प्रवेश गरिरहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। 

भारतका उत्तरप्रदेश र उत्तराखण्डबाट वर्षा गराउने बादल नेपालका सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा प्रवेश गरिरहेको र त्यसले मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा गराउने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

शुक्रबार राति सूचना जारी गर्दै मौसम महाशाखाले भनेको छ, ‘हाल  सुदूरपश्चिम र लुम्बिनी प्रदेशको भूभागहरूमा भारतको उत्तरप्रदेश र उत्तराखण्ड भूभागबाट मेघगर्जन/चट्याङसहित वर्षा गराउने बादल विकसित भई नेपालमा आइरहेको र मेघगर्जन/चट्याङ, हावाहुरीसहित वर्षा हुनसक्ने हुनाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .