समाज


सेनाको हेलिकोप्टरमा प्रहरीको टोली संखुवासभा पुग्यो

सेनाको हेलिकोप्टरमा प्रहरीको टोली संखुवासभा पुग्यो

नेपालखबर
असार १६, २०७६ सोमबार ९:३१,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच संखुवासभाको सिलिचोङ–१ मा दोहोरो फायरिङपछि थप सुरक्षाकर्मी त्यसतर्फ पठाइएको छ।

नेपाली सेनाको एमआई १७ हेलिकप्टरमार्फत प्रहरी प्रधान कार्यालयले २५ जनाको टोली त्यसतर्फ पठाएको हो। सो टोली केहीबेर घटनास्थल पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सो टोलीमा सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको नेतृत्वमा १५ र र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको हो।

प्रहरीले थप भिडन्त हुन सक्ने भन्दै थप सुरक्षाकर्मी त्यसतर्फ पठाएको जनाएको छ। नेकपाका कार्यकर्ता अहिले तितरबितर भए पनि त्यसै क्षेत्रमा रहेको प्रहरीले जनाएको छ।

सोमबार बिहान संखुवासभाको सिलिचोङ–१ वाङलामा प्रहरी र विप्लव कार्यकर्ताबीच सांकेतिक फायरिङ भएको प्रदेश १ प्रहरी प्रमुख डीआईजी ठाकुर ज्ञवालीले नेपालखबरलाई बताए।

नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘प्रहरी र नेकपाका कार्यकताबीच जम्काभेट भएको छ। अहिलेसम्म भिडन्त भने भएको छैन।

उनले दुबै तर्फबाट सांकेतिक फायरिङ मात्रै भएको दावी गरे। ‘घटनास्थलतर्फ थप प्रहरी पठाइसकिएको छ’, डीआईजी ज्ञवालीले भने।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिमा सरकारले प्रतिबन्ध लगाएको छ। प्रतिबन्धसँगै पार्टीले हिंसात्मक गतिविधि बढाएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad