प्रमोद खरेल सांगीतिक क्षेत्रको चर्चित र लोकप्रिय नाम हो। उनका हरेक गीत दर्शक तथा स्रोताले मन पराउँदै आएका छन्।
शालिन स्वभावका गायक प्रमोदको हरेक गीतले दर्शकलाई सजिलै छुने र मन जित्ने गरेको छ।
त्यस्तै उनले भर्खरै मात्र एउटा निकै नै मनछुने गीत बजारमा सार्वजनिक गरेका छन्। एसि इन्टरटेन्मेन्टको युटुवबाट ‘प्रेम फूल’ बोलको गीत गायक खरेलले सार्वजनिक गरेका हुन्।
गायक खरेलको एकल स्वर रहेको यस गीतमा सुमित्रा थुलुङ अश्रुधाराको शब्द सृजना रहेको छ भने संगीत भरेका छन् डि आर अटुले। यस गीतको म्युजिक भिडियोमा भने चर्चित हास्य कलाकार रक्षा श्रेष्ठ, उमेश लम्साल, असोक नाथको अभिनय रहेको छ।
आयुष क्षेत्री प्रिन्सले निर्देशन गरेको यस गीतको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन् र भिडियोलाई खिच्ने काम गरेका छन् सुशिल डाँगीले।
असार १६, २०७६ सोमबार ९:२६

प्रतिक्रिया