टेलिभिजन शो ‘कमेडी दरबार’ले निर्माण गरेको फिल्म ‘ककाकिकी’को पहिलो झलक सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा फिल्मको कथावस्तु र चरित्रबारे प्रष्ट पारिएको छ।
गाउँले परिवेश रहेको फिल्मको टिजरमा फिल्मका मुख्य कलाकारहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठीलाई देख्न सकिन्छ। जहाँ डाँडामा बसेर उनीहरू छलफल गरिरहेका हुन्छन्। उनीहरूको गफगाफसँगै टिजर सुरु हुन्छ।
त्यस्तै, टिजरमा प्रकाश घिमिरे, मनोज गजुरेल, दिया मास्के, शिशिर वाङ्देल, माओत्से गुरूङलगायतलाई समेत देखाइएको छ।
यस फिल्मलाई बिक्की अग्रवाल र श्रद्धा प्रसाईँले संयुक्तरूपमा निर्देशन गरेका हुन् भने अनीश बुढाथोकी सहायक निर्देशक हुन्।
फिल्ममा रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, एलिसा भोग लगायतको पनि अभिनय छ।
सुमन अग्रवालको कन्सेप्ट रहेको फिल्मको लेखन बिक्की अग्रवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिनाले गरेका हुन्। फिल्मलाई सुदीप बरालको टिमले खिचेको हो। यो फिल्म आगामी भदौ १९ गतेबाट रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया