बलिउड अभिनेता सलमान खानको करिअरको उत्कृष्ट चलचित्रको सूचीमा ‘सुल्तान’ पक्कै पनि समावेश हुन्छ। १० वर्षअघि रिलिज भएको खेलकुद विधामा बनेको यो फिल्म निकै रूचाइएको थियो।
अली अब्बास जफर निर्देशित यस फिल्मका निर्माता आदित्य चोपडा हुन्। फिल्ममा सलमानसहित अनुष्का शर्मा, आमिर खान र रणदीप हुड्डाको अभिनय छ। जुन फिल्म बक्सअफिसमा ब्लकबस्टर भयो।
के तपाईंलाई थाहा छ सलमानले ‘सुल्तान’ को एउटा दृश्य छायांकन गर्न निर्मातासँग तीन महिनाको समय मागेका थिए।
सुल्तानमा सलमान ऐना अगाडि रुँदै र सर्ट लगाउने दृश्य देखाइएको थियो। जुन दृश्य छायांकन गर्न सलमानले निर्मातालाई तीन महिनाको समय मागेका थिए।
अचम्मको कुरा के छ भने सलमानले यसलाई केवल एक टेकमा कुनै पनि अवरोधबिना पूरा गरे। आज पनि सुल्तानको यो दृश्यलाई प्रतिष्ठित मानिन्छ। यस दृश्यमा सलमानको अभिनय निकै उत्कृष्ट थियो, जसको व्यापक प्रशंसा समेत भयो
सुल्तानमा सलमान खानले हरियाणाका पहलवान सुल्तानको भूमिका निर्वाह गरेका थिए, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा भारतका लागि स्वर्ण पदक जित्छन्। यद्यपि, व्यक्तिगत द्वन्द्वका कारण सुल्तान पछि एमएमए फाइटर बन्छ।
‘सुल्तान’ सलमान खानको करियरको सबैभन्दा धेरै कमाउने फिल्ममध्ये एक हो। बलिउड हंगामाको रिपोर्ट अनुसार यस फिल्मले भारतमा ३००.४५ करोड भारतीय रुपैयाँ कमाउँदा विश्वभर भने ६१४.४९ करोड भारुको व्यापार गरेको छ।
Shares

प्रतिक्रिया