नाटक ‘जिउँदो आकाश’ फेरि मञ्चन हुने भएको छ। विभिन्न ठाउँमा थुप्रै पटक मञ्चन भएको यो नाटक थापा गाउँस्थित एक थिएटर नेपालमा फेरि मञ्चन हुन लागेको हो।
एक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले नाटकको मञ्चनको मिति सार्वजनिक गरेको छ। साउन ३ गतेदेखि सुरू हुने नाटक साउन १३ गतेसम्म चल्नेछ।
आरके मेहताको परिकल्पना र निर्देशन रहने नाटकको कथा चन्द्र पाण्डेले लेखेका हुन्। यस नाटकमा विशेषगरि तेस्रोलिंगीको भावनालाई समेटिएको छ। यस नाटकमा अनिल सुब्बाको अभिनय रहनेछ।
यो नाटक काठमाडौँसहित पोखरा, दमक, दिल्ली, गुहाटीलगायतका ठाउँमा मञ्चन भइसकेको छ।
15
Shares

प्रतिक्रिया