कला


‘केजीएफ’ का ‘गरुडा’ले गरे ‘नागबन्धम’ हेर्न नेपालीलाई आग्रह

‘केजीएफ’ का ‘गरुडा’ले गरे ‘नागबन्धम’ हेर्न नेपालीलाई आग्रह

नेपालखबर
असार २४, २०८३ बुधबार १५:३०, काठमाडौँ

भारतीय फिल्म ‘केजीएफ’ मार्फत गरुडाको उपनामले चर्चित कलाकार रामचन्द्र राजुले नेपाली दर्शकलाई संदेश पठाएका छन्।

उनले एक भिडिओ संदेशमार्फत नेपाली दर्शकलाई आफू अभिनित पौराणिक ड्रामा फिल्म ‘नागबन्धम’ नेपालमा प्रदर्शनमा आएको जानकारी गराउँदै फिल्म हेर्न आग्रह गरेका छन्।

उनले क्यापिटल वर्ल्डमार्फत नेपाल भित्रिएको ‘लार्जर-द्‌यान-लाइफ’ अनुभव दिने यो फिल्मलाई स-परिवार हेर्न आग्रह गरेका छन्। यसले हिमालयको रहस्यमय गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको अमूल्य खजाना र श्रीरङ्गापुरम् मन्दिरमा रहेको ऐतिहासिक ‘ब्रह्म कमल’ (सुनौलो फूल) को रहस्यमय संसारलाई भव्य रूपमा प्रस्तुत गरेको उनको भनाइ छ।

‘हाम्रो फिल्म नेपालमा प्रदर्शनरत छ। यसले तपाइँलाई हिन्दू माइथोलोजीका बारेमा जानकारी गराउँदै भव्य र सुन्दर कथा प्रस्तुत गरेको छ। यसमा एउटा फिल्ममा चाहिने सबै पक्ष छ, त्यसैले यसलाई हेरेर मनोरन्जन लिनुस्,’ उनले भिडिओमा भनेका छन्।     

उनले फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन्। अभिषेक नामाको लेखन तथा निर्देशन रहेको फिल्ममा मुख्य पात्र रुद्र (विराट कर्ण) लाई भगवान् महादेव (शिव) को शक्तिशाली र उग्र स्वरूपका रूपमा प्रस्तुत गरिएको छ। उनी आफ्नो समुदाय र धार्मिक सम्पदालाई दुष्ट शक्तिबाट जोगाउन जीवन नै दाउमा लगाएर संघर्षरत देखिन्छन्।

फिल्ममा विराट कर्णसँगै मुख्य अभिनेत्रीका रूपमा नभा नतेश र ऐश्वर्या मेननले अभिनय गरेका छन्। साथै, फिल्ममा चर्चित कलाकारहरू महेश माञ्जरेकर, जगपति बाबु, मुरली शर्मा र ऋषभ साहनीको पनि अभिनय छ। 

एनआईके स्टुडिओ र अभिषेक पिक्चर्सको ब्यानरमा किशोर अन्नपुरेड्डी र निशिता नागिरेड्डीले निर्माण गरेको फिल्मले पौराणिक कथालाई सामाजिक, राजनीतिक तथा साम्प्रदायिक विषयसँग जोडेर प्रस्तुत गरेको छ। निर्माण पक्षका अनुसार हिन्दू धर्मप्रति आस्था राख्ने दर्शकका लागि यो फिल्म विशेष आकर्षणको केन्द्र बनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad