असार २६ गते रिलिज हुने ‘भागदौड’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा मानिसको दैनिक जीवनको निरन्तर दौडधुप, संघर्ष र यथार्थलाई समेटेको छ।
ट्रेलरले आधुनिक समाजमा देखिने लोभ, लालच, जालझेल र ठगीजस्ता पक्षहरूबाट उत्पन्न हुने नैतिक संकटको कथा बोकेको संकेत गर्छ। विशेषगरी फिल्मको मुख्य भूमिकामा देखिएका अभिनेता विशाल पोखरेल नेपाल प्रहरीको बर्दीमा छन्। उनको क्यारेक्टरले दर्शकलाई सरप्राइज दिने दाबी अभिनेता पोखरेलको छ।
यस फिल्ममा विशालसहित अनीशा श्रेष्ठ, घनश्याम जोशी, सारा राई, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुभाष तिमिल्सिनालगायतका कलाकारको अभिनय रहेको छ। यो फिल्म हिमाल उप्रेतीको लेखन र निर्देशनमा निर्माण भएको हो।
विश्वराम विष्ट प्रस्तुतकर्ता रहेको सिनेमा अंगिरा थापा कार्यकारी निर्माता हुन्। असार २६ गते अन्य नेपाली फिल्महरूको प्रदर्शन तालिका नहुँदा यस फिल्मले सोलो रिलिजको मौका पाउनेछ।

प्रतिक्रिया