समाज


गृहमन्त्रीपत्नी निकिता जोडिएको साई स्वागत बचत तथा ऋण सहकारीमा महानगरको छापा

गृहमन्त्रीपत्नी निकिता जोडिएको साई स्वागत बचत तथा ऋण सहकारीमा महानगरको छापा

नेपालखबर
चैत २१, २०८० बुधबार २१:९, काठमाडौँ

काठमाडौं महानगरपालिकाले बिजुलीबजारमा रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा काठमाडौँ महानगरपालिकालेछापा मारेको छ।

बचतकर्ताको उजुरीका आधारमा महानगरपालिकाको सहकारी विभागले बुधबार सो सहकारीमा छापा मारेको हो।

विभागका अनुसार बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै बचत फिर्ता दिन महानगरमा उजुरी परेको थियो।

अनुगमनमा संलग्न एक सदस्यका अनुसार महानगरको अनुगमन टोलीले सहकारी कार्यालयबाट सहकारीको सफ्टवेयर सिस्टम ल्याएको छ।

यस्तै, पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण, धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ।

महानगरपालिकाले धेरै उजुरी आएका विभिन्न सहकारीहरूमा तीन दिनयता छापा मारी कागजपत्र जफत गरिरहेको एक अधिकारीले बताए।

महानगरपालिका अनुसार धेरै उजुरी आएका ४० सहकारीमध्ये साई स्वागत बचत तथा ऋण सहकारी पनि एक हो।

साई स्वागत बचत तथा ऋण सहकारी संस्था उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल जोडिएको संस्था हो।

महानगर सहकारी विभागमा पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको भन्दै उजुरी आएको थियो।

सहकारीको निवर्तमान उपाध्यक्ष रहेकी उनी हाल सो सहकारीबाट अलग रहेको स्रोतले जनाएको छ।

महानगर सहकारी विभागका एक अधिकारीका अनुसार महानगरले बचतकर्ताको उजुरी आएका ४० वटा सहकारीको अनुगमन गरिरहेको छ भने ८ वटामा छापा मारी कागजपत्र ल्याउने काम गरिरहेको छ। ती सहकारीबाट कागजपत्र झिकाएर अनुसन्धान गरिने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .