राजनीति


चार वर्षअघि रविले गरेको ट्विट देखाउँदै विश्वप्रकाशको कटाक्षः हामी त्यति क्रान्तिकारी छैनौँ

चार वर्षअघि रविले गरेको ट्विट देखाउँदै विश्वप्रकाशको कटाक्षः हामी त्यति क्रान्तिकारी छैनौँ

विश्वप्रकाश शर्मा र रवि लामिछाने


नेपालखबर
चैत २१, २०८० बुधबार २१:३१, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई उनको पुरानो ट्विट देखाउँदै कटाक्ष गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले ४ वर्षअघि सन् २०२० मा आरोपित मन्त्रीले राजीनामा दिनुपर्ने नत्र कार्यकक्षबाटै पक्राउ गरिनुपर्ने भनी ट्विट गरेका रहेछन्।

त्यो सेयर गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस महामन्त्री शर्माले आफूहरूले गृहमन्त्रीको राजीनामा नमागेको केवल आरोप छानबिनका लागि संसदीय समिति गठन मात्र गरौँ भनेको उल्लेख गरेका हुन्। 

‘मित्र रवि लामिछाने, यहाँले त राजीनामा नै माग्नुभएको रहेछ, हामी माग्दैछैनौँ/माग्दैनौँ। आरोपित मन्त्रीले राजीनामा नदिए कार्यकक्षबाटै पक्राउ गरिनुपर्ने यहाँको धारणा रहेछ। हामी त्यति क्रान्तिकारी सायद छैनौँ’, शर्माले लेखेका छन्, ‘जिम्मेवार ढंगले हाम्रो माग केवल यत्ति छ- संसदीय छानबिन समिति।’

सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री लामिछानेबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले सदनमा विरोध गरिरहेको छ। 

यसअघि बुधबारै शर्माले प्रतिनिधि सभा बैठकमा अर्को बैठकमा छानबिन समिति नबने संसद् चल्न नदिने चेतावनी दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .