समाज


दुई दिनअघि हत्या गरिएका दम्पतीका परिवारलाई कानुनमन्त्रीले भेटे

दुई दिनअघि हत्या गरिएका दम्पतीका परिवारलाई कानुनमन्त्रीले भेटे

नेपालखबर
चैत २१, २०८० बुधबार २१:३२, काठमाडौँ

पर्वतको जलजला गाउँपालिका–२ मा हत्या गरिएका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसीका परिवारसँग कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले भेटघाट गरेका छन्।

पीडित परिवारको घर जलजला २ दहमा पुगे गिरीले परिवारका सदस्यलाई भेट गरेका हुन्।

हत्या भएको २ दिनसम्म पनि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न सकेको छैन।

परिवारसँगको भेटमा कानुनमन्त्री गिरीले घटनामा संलग्नलाई छिट्टै पक्राउ पर्ने बताए।

उनले हत्या जस्तो जघन्य अपराधमा संलग्न जो सुकैलाई पनि सरकारले नछाड्ने भन्दै परिवारले न्याय जसरी पाउने आश्वासन दिए।

घरमा बसिरहेका जिसी दम्पतीको रातको समयमा हत्या भएको थियो। मंगलबार बिहान छिमेकीले मृत अवस्थामा फेला पारेका दम्पती मात्रै घरमा बस्दै आइरहेका थिए।

हत्याको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। पीडित परिवारले न्याय पाउने गरी सुरक्षाका सबै निकायबाट अनुसन्धानलाई प्रभावकारी बनाउन आफूले निर्देशन दिइसकेको मन्त्री गिरीले परिवारलाई बताएका छन्।

मन्त्री गिरीले घटनामा संलग्नलाई कारबाही नगरे देशमा यस्ता घटना अझै बढ्ने भन्दै छिट्टै अपराधीलाई सार्वजनिक गर्न सुक्ष्म अनुसन्धान भइरहेको बताए।

घटनामा संलग्नलाई खोज्न प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुरबाटसमेत  प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरी नायव उपरीक्षक खुमलाल भुषालले अनुसन्धान भइरहेको र अभियुक्त छिट्टै पत्ता लाग्ने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad