समाज


पोखरा महानगरमा घूस, सब-इन्जिनियर र कन्सल्टेन्सी सञ्चालक अख्तियारको नियन्त्रणमा

पोखरा महानगरमा घूस, सब-इन्जिनियर र कन्सल्टेन्सी सञ्चालक अख्तियारको नियन्त्रणमा

नेपालखबर
चैत २८, २०८० बुधबार २२:४५, काठमाडौँ

पोखरा महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत सब-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर घुससहित पक्राउ परेका छन्।

घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले उनीहरूलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार, कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई पोखरा महानगरपालिका वडा नं. ४ र सब-इन्जिनियर उषा किरण रोकायलाई पोखरा महानगरपालिका वडा नं. ५ बाट नियन्त्रणमा लिएर अनुसन्धानको काम भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .