ad ad

समाज


राष्ट्रपति पौडेल तनहुँ जाँदै, गाउँपालिका भवन उद्घाटन गर्ने कार्यक्रम

राष्ट्रपति पौडेल तनहुँ जाँदै, गाउँपालिका भवन उद्घाटन गर्ने कार्यक्रम

फाइल तस्बिर


नेपालखबर
बैशाख ३, २०८१ सोमबार ७:४३, काठमाडौँ

गाउँपालिका भवन उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार)  गृहजिल्ला तनहुँ जाँदै छन्। 

तनहुँको म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र व्यास नगरपालिका–११ तनहुँसुर स्थित खड्ग कालिका मन्दिरको उद्घाटन गर्न  राष्ट्रपति पौडेल त्यसतर्फ जान लागेका उनको सचिवालयले जनाएको छ।

राष्ट्रपतिले बिहान मन्दिर र दिउँसो गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम छ। 

पुरानो ठाउँबाट भवन भवनमा कार्यालय स्थानान्तरण र राष्ट्रपतिसमेत रहभागी हुने कार्यक्रमलाई मध्यजनर गर्दै म्याग्दे गाउँपालिकाले हिजो र आज गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .