समाज


सशस्त्र प्रहरी निरीक्षक चन्दको प्रमाणपत्र नक्कली, विशेष अदालतमा मुद्दा

सशस्त्र प्रहरी निरीक्षक चन्दको प्रमाणपत्र नक्कली, विशेष अदालतमा मुद्दा

नेपालखबर
बैशाख १०, २०८१ सोमबार १६:३५, काठमाडौँ

सशस्त्र प्रहरी बल, नेपाल नं ३६ गण हेडक्वार्टर, डोटीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक प्रकाशबहादुर चन्दको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको छ।

माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडिएट एजुकेसन युपी) बाट जारी भएको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएको हो।

उनले नक्कली प्रमाणपत्र पेस गरी सशस्त्र प्रहरी परिचर पदमा नियुक्ति लिई त्यसपश्चातका माथिल्ला विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र देखाएर सशस्त्र प्रहरी निरीक्षक पदसम्म पुगेको अख्तियारको अनुसन्धानले देखाएको छ।

उनले नक्कली प्रमाणका भरमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .