समाज


अमिक शेरचनको स्वास्थ्यमा सुधार

अमिक शेरचनको स्वास्थ्यमा सुधार

नेपालखबर
बैशाख १७, २०८१ सोमबार ११:२१, काठमाडौँ

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको स्वास्थ्यमा सुधार आएको छ।। 

गएको बिहीबार साँझ अचालन बिरामी परेपछि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका शेरचनको स्वास्थ्यमा सुधार आएको हो। 

शेरचनका पुराना सहकर्मीसमेत रहेका वामपन्थी नेता घनश्याम शर्मा पौडेलले शेरचनसँगकाे तस्बिर सामाजिक सन्जालमा राख्दै उनको स्वास्थ्यमा राम्रो प्रगति भएको जानकारी दिएका हुन्।

‘अमिक शेरचन, जो नेपालको वामपन्थीरकम्युनिस्ट आन्दोलनको एक फरक पहिचान हो। उहाँ एउटा पार्टी र उसले दिएको जिम्मेवारीमा हुनुहुन्छ, म कतै छैन। तर, हाम्रो आपसी प्रेम र सम्मानको सम्बन्ध उत्तिकै गाढा छ,’ पौडेलले सोमबार सामाजि सञ्जालमा लेखेका छन्, ‘त्यसैले त मलाई एकाबिहानै डोर्‍याएर पुर्‍यायो उहाँलाई भेट्न अस्पतालसम्म। स्वास्थ्यमा राम्रो प्रगति भएक‍ो देखेर खुसी लाग्यो। शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना अमिक दाइ!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .