समाज


मुचुल्का हराउँदा बझाङको मत गणना केही बेर रोकियो

मुचुल्का हराउँदा बझाङको मत गणना केही बेर रोकियो

फाइल तस्बिर


नेपालखबर
बैशाख १७, २०८१ सोमबार ११:५४, कञ्चनपुर

बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फको रोकिएको मतगणना पुनः सुचारु भएको छ । 

तलकोट गाउँपालिका–१, २ र ३ को मत गणना गरिसकेपछि वडा नम्बर ४ को गणना गर्दा मुचुल्का पाइएको थिएन। 

त्यसपछि केहीसमय विवादपछि मतगणना रोकिएको थियो। खाेजी गर्ने क्रममा मुचुल्का गरेको फाइल पाइएपछि पुनः मत गणना गर्न थालिएको हो। 

सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसलाई ९ मतले उछिन्दै एमाले अघि बढेको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८९ मत सहित अग्रता बनाएका छन्। नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८० मत सहित पछ्याइरहेका छन्। 

माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ६९५ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४२७ मत ल्याएका छन्।

बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा (१) तर्फ शनिबार सम्पन्न मतदानको मतगणना जारी छ। 

यस क्षेत्रमा पर्ने जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, सुर्मा गाउँपालिका र मष्टा गाउँपालिका र थलारा गाउँपालिकाको वडा नम्बर ९ को मतगणना सकिएको छ।

आइतबार दिउँसोदेखि सुरु भएको मतगणनामा अहिले तलकोट गाउँपालिकाको मत गणना भइरहेको छ। यसपछि साइपाल गाउँपालिकाको मत गणना हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .