समाज


रोकिराखेको क्रेनमा कार ठोक्किँदा चालकको मृत्यु

रोकिराखेको क्रेनमा कार ठोक्किँदा चालकको मृत्यु

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १९:४४, काठमाडौँ

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडास्थित सडकमा रोकी राखेको क्रेनमा कार ठोक्किँदा एकजनाको मृत्यु भएको छ।

ना.१ क ४३६४ नम्बरको क्रेनमा बा.१५ च ६४०७ नम्बरको कार ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा कार चालक बुटवल उपमहानगरपालिका–११ देविनगर बस्ने ६७ वर्षीय दुर्गा बहादुर गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad