मौसम बदली र वर्षा हुने क्रम घटेसँगै फेरि गर्मी बढ्न थालेको छ।
आकाशमा बादल लाग्न र पानी पर्न कम भएसँगै काठमाडौँ उपत्यकासहित देशभर पुनः तापक्रम उकालो लाग्न थालेको हो।
गत हप्ता देशव्यापी रूपमा मौसम बदली र वर्षा हुँदा काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २३ डिग्री सेल्सियस तथा तराईस्थित जनकपुरको अधिकतम तापक्रम ३० डिग्रीसम्म झरेको थियो।
हेर्नुहोस् मे १ (वैशाख २६ गते) को तापक्रम विवरण

तर सोमबार रातिदेखि मौसम बदली र वर्षा हुन कम भएपछि तापक्रम फेरि चढ्न थालेको हो।
यस क्रममा मंगलबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम फेरि ३१ डिग्री सेल्सियसमा उक्लिएको छ भने जनकपुरको अधिकतम तापक्रम ३८.६ डिग्री सेल्सियसमा उक्लिएको छ।
हेर्नुहोस् आज (अधिकतम मंगलबारकै हो, न्यूनतमचाहिँ बुधबारको हो) को तापक्रम विवरण

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले दिनभर घाम लाग्न थालेपछि स्वाभाविक रूपमा फेरि तापक्रम बढ्न थाल्ने बताए।
‘जेठ महिना हो, बादल नलाग्ने र घाम लाग्ने भएपछि तापक्रम त बढिहाल्छ’, उनले भने।
उनले अब कम्तीमा ३ दिनलाई देशव्यापी मौसम बदली र वर्षा हुने सम्भावना नरहेको उनले बताए।
‘पहाडी भूभागमा मात्र मौसम बदली र हल्का वर्षाको सम्भावना छ’, उनले भने, ‘अन्यतिर आगामी ३ दिन खासै वर्षाको सम्भावना छैन।’
तर अहिले प्रिमनसुनको सिजन भएकाले स्थानीय वायुबाट तत्काल मौसम बदली भई ‘आइसोलेटेड’ वर्षा हुने सम्भावना भने रहेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया