ad ad

समाज


भूमिगत विद्युतीय प्रणाली परीक्षणको तयारी, प्राधिकरणले भन्यो– पोलका सबै उपकरण ६ महिनाभित्र हटाउनू

भूमिगत विद्युतीय प्रणाली परीक्षणको तयारी, प्राधिकरणले भन्यो– पोलका सबै उपकरण ६ महिनाभित्र हटाउनू

फाइल तस्बिर


नेपालखबर
जेठ ३, २०८१ बिहिबार ९:३०, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँका जडान गरिएको भूमिगत विद्युत प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको छ।

काठमाडौँका पेप्सीकोला–जडीबुटी, लैनचौर नारायणगोपाल चोक, चुच्चेपाटी–चाबहिल–मित्रपार्क, कलंकी–त्रिपुरेश्वर, कालीमाटी–बल्खु, कीर्तिपुर–रिङरोड र सामाखुसी टाउन प्लानिङ लगायतका स्थानमा जडान गरिएको भूमिगत विद्युत प्रणाली परीक्षण गरेर सञ्चालनमा ल्याउन लागिको प्राधिकरणले जनाएको छ।।

प्राधिकरणले आज (बिहीबार) सूचना जारी गर्दै उल्लेखित ठाउँका बिजुलीका पोलमा जडान भएका सडक बत्ती, अप्टिकल फाइबर, इन्टरनेट केबल, सीसीक्यामेरालगायत संरचना र उपकरण ६ महिनाभित्र हटाउन भनेको छ।

‘संरचना एवं उपकरणहरु नहटाएमा प्राधिकरणले पोललगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति नेपाल विद्युत प्राधिकरण जिम्मेवारी नहुने व्यहोरोसमेत जानकारी गराइन्छ’, प्राधिकरणको सूचनामा भनिएको छ।

हेर्नुहाेस् सूचना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .