ad ad

समाज


काठमाडौँमा ‘कोट म्यारिज’, चीन लगेर नेपाली युवती बिक्री: पक्राउ परिन् नुवाकोटकी महिला

काठमाडौँमा ‘कोट म्यारिज’, चीन लगेर नेपाली युवती बिक्री: पक्राउ परिन् नुवाकोटकी महिला

नेपालखबर
जेठ ८, २०८१ मंगलबार ५:४४, काठमाडौँ

एक नेपाली युवतीलाई चिनियाँ नागरिकसँग विवाहको प्रलोभन देखाएर चीन पुर्‍याइ बेचविखन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले मानव बेचविखनमा संलग्न भएको आरोपमा नुवकोटको किस्पाङ गाउँपालिका–१ घर भएकी ४३ वर्षीया मनमाया घलेलाई पक्राउ गरेको हो।

ब्यूरोका सूचना अधिकारी, प्रहरी उपरीक्षक गौतम मिश्रले आर्थिक अवस्था कमजोर भएकी एक महिलालाई चिनियाँ नागरिकसँग विवाह गरेमा पाँच वर्षपछि ग्रीनकार्ड बनाउन मिल्छ भनी प्रलोभनमा पारेर मानव बेचविखन गरेको अनुसन्धानबाट खुलेको जानकरी दिए।

‘पक्राउ परेकी घलेले चिनियाँ नागरिकसँगको मिलेमतोमा पीडित महिलालाई जिल्ला अदालत काठमाडौँ लगेर ललाई फकाई ‘कोर्ट म्यारिज’ गरिदिएको अनुसन्धानमा खुल्न आएको छ,’ उनले भने।

ती युवतीलाई विवाह गरी चीनमा पुर्‍याएपश्चात यौन शोषण गरी विभिन्न व्यक्तिसँग जवरजस्ती यौन सम्बन्ध राख्न बाध्य बनाएको अनुसन्धानका क्रममा खुल्न आएको प्रहरीले जनाएको छ। 

पक्राउ परेकी महिलाले चिनियाँ नागरिकसँग पाँच लाख लिएर ती युवतीलाई बेचेको अनुसन्धानका क्रममा खुलेको मिश्रले जानकारी दिए। 

काठमाडौँको ठमेलबाट पक्राउ परेकी घलेलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .