ad ad

समाज


इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति रोमानियाबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति रोमानियाबाट पक्राउ

नेपालखबर
जेठ ९, २०८१ बुधबार १९:३४, काठमाडौँ

जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति रोमानियाबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–९ बस्ने २४ वर्षीय गौरब नेपाली रहेका छन् ।

एनसीबी बुचरेस्टको समन्वयमा रोमानियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ।

गौरव भएको जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट अनुरोध भएपश्‍चात एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अप्रिल २४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौंमा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .