न्याय परिषद्को कारबाहीमा परेका उच्च अदालतका न्यायाधीश नवराज थपलियाले पुनर्बहालीका लागि दायर गरेको रिट निवेदनको सुनुवाइ सर्वोच्च अदालतमा चलिरहेको छ।
न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा रिटको प्रारम्भिक सुनुवाइ भइरहेको हो।
न्याय परिषद्को गत फागुन १३ गतेको बैठकले न्यायाधीश थपलियालाई खराब आचरणको आरोपमा बर्खास्तगीका लागि सिफारिस गरेको थियो। तत्कालै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनलाई बर्खास्त गरेका थिए।
न्याय परिषद् र प्रधानन्यायाधीशको निर्णय अन्यायपूर्ण दाबी गरी रिट लिएर थपलिया जेठ २ गते सर्वोच्च पुगेका हुन्।
थपलिया पछिल्लोपल्ट उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत थिए। न्याय परिषद्ले कारबाही अघि बढाएपछि उनलाई परिषद्मा हाजिर गर्ने गरी झिकाइएको थियो।
3
Shares
प्रतिक्रिया