ad ad

समाज


लाइफ ज्याकेटबिनै समुद्रमा जाँदा अस्ट्रेलियामा २ नेपाली विद्यार्थीको मृत्यु

लाइफ ज्याकेटबिनै समुद्रमा जाँदा अस्ट्रेलियामा २ नेपाली विद्यार्थीको मृत्यु

फाइल तस्बिर


नेपालखबर
जेठ १६, २०८१ बुधबार १०:३, काठमाडौँ

अस्ट्रेलियाको सिड्नीस्थित समुद्रमा डुबेर दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। 

सिड्नीको दक्षिण तटीय क्षेत्रमा पर्ने कुर्नेलको केप सोलान्डर ड्राइभमा माछा मार्न गएका दुई नेपाली विद्यार्थीको समुद्रमा डुबेर मृत्यु भएको सिड्नीस्थित न्यु साउथ वेल्स प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा २२ र २५ वर्ष उमेरका युवक छन्। उनीहरु गोरखा र दोलखाका भएका प्रहरीले जनाएको छ। तर,उनीहरुको पूरा नाम भने सार्वजनिक गरिएको छैन।

लाइफ ज्याकेटबिनै गएकाे साेमबार कुर्नेलस्थित चट्टानी क्षेत्रमा माछा मार्न गएको बेला उनीहरूलाई  समुद्राको छालले बगाउँदा मृत्यु भएको हो। 

पछि उनीहरुको शव हेलिकप्टरको सहायतामा समुद्रबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ। 

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया (एनआरएन) का अध्यक्ष अनिल पोख्रेलले मृतक विद्यार्थीको शव नेपाल पठाउन आवश्यकता अनुसार मद्दत गरिने बताएका छन्।

‘हामी नेपाली समुद्रसँग त्यति अभ्यस्त पनि छैनौँ,’ उनले भने, ‘समुद्रमा जाँदा हामी अझ बढी सावधान हुन जरुरी छ।’

यस वर्ष मात्र अस्ट्रेलियामा समुद्रमा डुबेर तथा अन्य कारणले दशभन्दा बढी नेपाली विद्यार्थीको मृत्यु भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .