ad ad

समाज


हाजिर जमानीमा छाडियो सिरोहियालाई

हाजिर जमानीमा छाडियो सिरोहियालाई

नेपालखबर
जेठ १६, २०८१ बुधबार २०:७, काठमाडौँ

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिर जमानीमा हिरासतमुक्त भएका छन्। 

ललितपुर प्रहरीले मेडिसिटी अस्पतालमै गएर छोरा सम्भवको रोहवरमा अनुसन्धानका लागि आवश्यक परेका बखत उपस्थित गराउने सर्तनामा गराएर रिहा भएको कागज दिएको छ।

धनुषा प्रहरीको निर्णयअनुसार अस्पतालमै कागज गरेर रिहा गरेको ललितपुर जिल्ला प्रहरी परिसरका उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धनुषाले परिवारका सदस्यलाई जिम्मा लगाउने गरी हाजिर जमानीमा छाड्ने निर्णय गरी ललितपुर प्रहरीमा पठाएको थियो। सिरोहियालाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था विद्यमान नरहेको भन्दै हाजिर जमानीमा छाडिएको प्रहरीको भनाइ छ।

सिरोहियाको हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। उनी विगत ६ दिनदेखि उपचारमा छन्। उनलाई मंगलबार मात्र हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो।

प्रहरीले उनलाई नागरिकतासम्बन्धी कसुरको अनुसन्धान गर्ने भन्दै जिल्ला अदालत धनुषाबाट जारी पक्राउ पुर्जी दिएर जेठ ८ गते थापाथलीस्थित कान्तिपुर मुख्यालयबाट नियन्त्रणमा लिएको थियो। 

उनलाई पक्राउ गर्दा प्रहरीले काठमाडौँबाट जनकपुरसम्म गाडीमै लगेको थियो। धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहँदा बिरामी परेपछि उनी जेठ ११ गते जनकपुरकै स्थानीय अस्पतालमा अस्पतालमा भर्ना भएका थिए।

पछिल्लोपल्ट सोमबार ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट प्रहरीले अनुमति पाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .