समाज


चीनमा कोरोनाबाट संक्रमित २७ हजार ३२३ उपचारपछि स्वस्थ बने

चीनमा कोरोनाबाट संक्रमित २७ हजार ३२३ उपचारपछि स्वस्थ बने

नेपालखबर
फागुन १३, २०७६ मंगलबार ६:४५,

सोमबारसम्मको तथ्यांक सार्वजनिक गर्दै आयोगले मंगलबार उक्त जानकारी दिएको हो।

सोमबार मात्र चीनमा २ हजार ५ सय ८९ जना उपचारपछि अस्पतालबाट घर फर्किएको स्वास्थ्य आयोगलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ।

चिनियाँ अधिकारीहरुले कोरोनाविरुद्धको उपचारले पहिलेभन्दा राम्रो परिणाम दिइरहेको बताएका छन्।

मंगलबार बिहानसम्मको विश्व तथ्यांकअनुसार हाल कोरोनाबाट संक्रमितको संख्या ८० हजारभन्दा बढी पुगेको छ। मृतकको संख्या २ हजार ६९८ पुगेको छ।

चीनमा मात्र ७७ हजार ६५८ जना कोरोनाबाट संक्रमित छन् त्यहाँ मृतकको संख्या २ हजार ६६३ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad