खेल


ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियर च्याम्पियनसिप खेल्न युरोप प्रस्थान

ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियर च्याम्पियनसिप खेल्न युरोप प्रस्थान

नेपालखबर
फागुन १३, २०७६ मंगलबार ६:४५,

नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल दुई जुनियर इन्टरनेसनल च्याम्पियनसिप खेल्नका लागि मंगलबार युरोप प्रस्थान गरेका छन्।

प्रिन्सले नेदरल्यान्डमा डच जुनियर इन्टरनेशनल २०२० र त्यसपछि जर्मन जुनियर इन्टरनेशनल सिरिज खेल्नेछन्।

प्रिन्ससँगै टिम म्यानेजरमा सुवास श्रेष्ठ र कमलेस निरौला जानेछन्। ¥याङकिङका आधारमा उनले दुई जुनियर इन्टरनेसनल सिरिज खेल्नेछन्।

Image may contain: 4 people, people smiling, people standing and indoor

योसँगै युरोपियन राष्ट्रमा गएर बिडब्लुएफको प्रतियोगिता खेल्ने प्रिन्स पहिलो नेपाली जुनियर खेलाडी बन्नेछन्।

प्रिन्स विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) को जुनियर वरियतामा ११औं स्थानमा छन्। डच जुनियर सिरिज २६ देखि १ मार्चसम्म हुनेछ।

त्यसपछि उनी ४ देखि ८ मार्चसम्म हुने जर्मन जुनियर इन्टरनेसनलका लागि जर्मनी प्रस्थान गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad