समाज


डुबानमा पर्‍यो बल्खुको तरकारी बजार (तस्बिर)

डुबानमा पर्‍यो बल्खुको तरकारी बजार (तस्बिर)

सरोज नेपाल
साउन २२, २०८१ मंगलबार १३:२१, काठमाडौँ

काठमाडौँमा भीषण वर्षा भएसँगै विभिन्न क्षेत्र डुबानमा परेका छन्।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार कोटेश्वर, बल्खु, माइतीघर, लैनचौर, पुतलीसडक, केशरमहल लगायतका मुख्य र सहायक सडकमा पानी जमेर सवारी आवागमन प्रभावित बनेको छ।

विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायतमा जलसतह सतर्कता तहभन्दा माथि रहेको र केहीमा खतराको तहमा पुगेकोले बेलुका ४ बजेसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वामानुमान महाशाखाले आग्रह नै गरेको छ।

काठमाडौँको दक्षिणी भेग बल्खु क्षेत्रमा त्रिवि गेटदेखि कुमारी क्लबको क्षेत्रको सडकमा पानी जमेर आवागमनमै असर परेको छ भने तरकारी बजार डुबानमा परेको छ। बागमती नदीको बाढी तरकारी बजारमा पस्दा लाखौँ रुपैयाँको तरकारी नष्ट भएको छ।

हेर्नुस् तस्बिरमा बल्खुस्थित तरकारी बजारमा पसेको बाढी:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad