समाज


ट्याक्सीमा छुटेको १० तोला सुन र तीन वटा ल्यापटप फिर्ता

ट्याक्सीमा छुटेको १० तोला सुन र तीन वटा ल्यापटप फिर्ता

नेपालखबर
फागुन १९, २०७६ सोमबार ११:१६,

ट्राफिक प्रहरीको सक्रियतामा छुट्टाछुट्टै ट्याक्सीमा छुटेको १० तोला सुन र तीनवटा ल्यापटप फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ।

आइतबार साँझ ६ः४५ बजे कपन, सरस्वती नगरबाट गल्फुटारसम्म यात्रा गर्ने क्रममा नम्बर नखुलेको भाडा कारमा छुटेको अन्दाजी १० तोला सुनको बिभिन्न गरगहना भएको झोला ट्राफिक प्रहरी महाशाखाको खोजतलास शाखाले आज पत्ता लगाएको हो। बा.२ ज ११५३ नं. को भाडाकारमा रहेको सुनसहितको झोला सम्बन्धित व्यक्ति काठमाडौं गल्फुटारकी मञ्जु लिम्बुलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

लिम्बुले दिएकाे निवेदनका आधारमा महाशाखाले सीसीटिभीका माध्यमबाट साे कार पत्ता लगाई अनुसन्धान गरेकाे थियाे।

यस्तै, आइतबार नै नेपाल विकास अनुसन्धान प्रतिष्ठानबाट पुल्चोकसम्म जाने क्रममा बा १ ज १४९४ नम्बर भाडा कारमा ३ वटा ल्यापटप छुटेको भनी प्रतिष्ठानका अधिकृत मनिषा रायमाझीले ट्राफिक कन्ट्रोल रूमको हटलाईन १०३ फोन गरि जानकारी दिएको आधारमा महाशाखाको खोजतलास शाखाले उक्त ट्याक्सीलाई नियन्त्रणमा लिइ ल्यापटप फेला पारेकाे थियाे। 

महाशाखाको खोजतलास शाखाले ति ल्यापटप सम्बन्धित धनिलाई हस्तान्तरण गरिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad