समाज


भारतबाट नक्कली प्रमाणपत्र ल्याएर प्रहरी जागिर खाने सईविरुद्ध भ्रष्टाचारको मुद्दा

भारतबाट नक्कली प्रमाणपत्र ल्याएर प्रहरी जागिर खाने सईविरुद्ध भ्रष्टाचारको मुद्दा

नेपालखबर
फागुन २१, २०७६ बुधबार ९:७,

नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) उत्तम कार्कीविरुद्ध शैक्षिक प्रमाण पत्र नक्कली रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।

बुधबार नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी लामो समयदेखि जागरि खाइरहेको भन्दै कार्कीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कार्कीले मगध विश्वविद्यालय बोधगया भारतबाट बीकम उत्तीर्ण गरेको भन्दै पेश गरेको प्रमाणपत्र नक्कली रहेको अख्तियारको दाबी छ।

झुठ्ठा योग्यताको प्रमाणपत्र पेश गरेर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० को कसुर देखिएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा ९२० एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय माग गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad