समाज


बालेनले भने- प्रहरीले हस्तक्षेप गरेर मारवाडी सेवा समितिको संरक्षण गर्‍यो

बालेनले भने- प्रहरीले हस्तक्षेप गरेर मारवाडी सेवा समितिको संरक्षण गर्‍यो

नेपालखबर
असोज २३, २०८१ बुधबार १६:५१, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेको बताएका छन्। बुधबार काठमाडौँमा गौशालामा रहेको पशुपति गौशाला धर्मशालामा महानगरको बोर्ड राख्न पुगेको टोलीलाई प्रहरीले हस्तक्षेप गरेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन्। 

नियमअनुसार पशुपति क्षेत्र विकास कोषले महानगरलाई पशुपति धर्मशालाको जिम्मेवारी दिए पनि प्रहरी भने मारवाडी सेवा समितिलाई नै संरक्षण गर्न लागिपरेको उनको भनाइ थियो।

‘नाजायज सम्बन्धबाट सम्झौता गरी गौशाला धर्मशालाको नामा मारवाडी सेवा समितिले ९ रोपनी ९ आना २ पैसा जग्गा वर्षौंदेखि केही हजार रुपैयाँ तिरेर हडपेको जग्गा अदालतले दाबी पुग्दैन भने पशुपति विकास कोषलाई नै जिम्मा दिन्छ,’ उनले भने, ‘अनि कोषले महानगरलाई धर्मशाला तथा अशक्तहरूलाई निःशुल्क खाना र औषधी उपचार गर्न भनेर दिएको कुरा अहिलेलाई संरचना महानगरले संरक्षण गर्न खोज्ला नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितिको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तौ समितिबाट पो रहेछ।’

बालेनले अघि भनेका छन्, ‘अनि हामी चाहिँ प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौँ।’

मंगलबार काठमाडौँ महानगरपालिका र कोषबीच ७ बुँदे सहमति भएसँगै धर्मशाला व्यवस्थापनको जिम्मेवारी महानगरले पाएको छ।

लगत्तै बुधबार महानगर प्रहरी खाली गराउन पुग्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो। मारवाडी सेवा समितिले यसबारे छलफल गरेरमात्रै अघि बढ्नुपर्ने भन्दै महानगर प्रहरी रोक्ने प्रयास गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad