समाज


दसैँले रित्तिँदै काठमाडौँ, घर जान हतार (तस्बिरहरू)

दसैँले रित्तिँदै काठमाडौँ, घर जान हतार (तस्बिरहरू)

सरोज बैजु
असोज २४, २०८१ बिहिबार ११:०, काठमाडौँ

दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट मानिस बाहिरिने क्रम जारी छ। 

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा यतिबेला सवारीसाधन र यात्रुको चाप छ।

ट्राफिक प्रहरीले गत आइतबारदेखि दैनिक एक लाखको हाराहारीमा यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी बुधबार दिएको थियो।

आइतबार र मंगलबारको तुलनामा सोमबार र बुधबार उपत्यकाबाट बाहिरिने यात्रुको संख्या अत्यधिक रहेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीले बताएका थिए। 

यसैबीच बुधबार उपत्यकाबाट बाहिरिन काठमाडौँको नयाँ बसपार्कमा देखिएको भीडका केही तस्बिर हेर्नुहोस्
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad