समाज


बन्दीपुरमा जनप्रतिनिधिको भत्ता रकम विकास निर्माणमा खर्च

बन्दीपुरमा जनप्रतिनिधिको भत्ता रकम विकास निर्माणमा खर्च

नेपालखबर
असोज २९, २०८१ मंगलबार १७:४३, तनहुँ

बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ता विकास–निर्माणका काममा खर्च गरेका छन्। पालिकाका ३४ जना जनप्रतिनिधिले भत्ता सडक, पानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेका हुन्।

विसं २०७९ मा निर्वाचन भएपछि वडागत र कार्यपालिका बैठक भत्ता नलिइएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। ‘हामीले कार्यपालिकाबाट निर्णय गरेका छैनौँ,’ उनले भने, ‘निर्णय नगरे पनि हामीले आजसम्म कुनै भत्ता लिएका छैनौँ।’

एक वर्षमा बैठक भत्तामा रु १८ लाख खर्च  हुने बन्दीपुर–१ का वडाध्यक्षसमेत रहेका उनले बताए।

त्यसैगरी, अवलोकन भ्रमणबापत एक वर्षमा खर्च गरिने रु १५ लाखसमेत विकास निर्माणमा उपयोग भएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए।

‘जनप्रतिनिधिका लागि भ्रमण भत्ताबापत छुट्याइएको रु ६ लाख खर्च भएको छैन’, उनले भने, ‘विकास–निर्माणका काममा भत्ता रकमबाट ठूलो सहयोग मिलेको छ।’

डुम्रेमा बहिरङ्ग सेवा  
त्यसैगरी, बन्दीपुर अस्पताल मातहत रहनेगरी डुम्रेबजारमा बहिरङ्ग सेवा सञ्चालनको तयारी भएको छ। अस्पताललाई असर नपर्ने गरी वडा नं १, ४ र ५ का वडावासीलाई लक्षित गरी सेवा विस्तार हुन लागेको हो। उपकरण, औषधिलगायत सामग्री खरिदमा रु ४० लाख खर्च भइसकेको बन्दीपुर–१ का वडाध्यक्षसमेत रहेका श्रेष्ठले बताए।

स्वास्थ्यकर्मीको व्यवस्थापन हुनेबित्तिकै सेवा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ। त्यसबाट गोरखाको पालुङटार, भानु, आँबुखैरेनी र व्यासका केही वडाका बासिन्दा लाभान्वित हुनेछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad