समाज


हाँडीगाउँमा जात्रा (तस्बिरहरू)

हाँडीगाउँमा जात्रा (तस्बिरहरू)

सरोज बैजु
कात्तिक २, २०८१ शुक्रबार १६:५४, काठमाडौँ

काठमाडौँको हाँडीगाउँमा जात्रा सुरु भएको छ। 

कोजाग्रत पूणिर्माको भोलिपल्टदेखि ३ दिनसम्म यो जात्रा मनाउने गरिन्छ। 

लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौंका अन्य जात्रा भन्दा फरक हुन्छ। रथको गजुर तलपारी र गर्भगृह र भगवानको मूर्तिमाथि राखेर रथको निर्माण गरिन्छ।

भगवान राखिएको गर्भगृहलाई तलबाट बेस्सरी घुमाउने गरिन्छ। साथै रथमा मैनको सुगन्धित फूल बनाई राख्ने गरिन्छ।

यसैले फरक र पृथक शैलीमा जात्रा मनाइने भएकोले कहिँ नभएको जात्रा हाँडी गाउमा भनिएको स्थानीय बताउँछन्।

जात्रामा निकालिएका तीन वटा रथलाई नगरपरिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ साथै रथ सजाउन प्रयोग भएको मैनको वास्नादार फूल रथको गजुर घुमाउदा खस्ने हुदा फूल टिप्नेको भीड हुने गर्दछ।

तस्बिरहरूः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad