हाल गण्डकी र बागमती प्रदेशका केही जिल्लामा वर्षा गराइरहेको प्रणाली पूर्वतर्फ सर्दै गरेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सजगता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
आधा घण्टाअगाडि अर्थात् आइतबार दिउँसो ४ बजेतिर महाशाखाले सूचना जारी गरी उक्त सुझाव दिएको हो।
महाशाखाका अनुसार हाल गण्डकी प्रदेशका बागलुङ, पर्वत र स्याङ्जा जिल्ला तथा बागमती प्रदेशको काठमाडौँ उपत्यकालगायत नुवाकोट, सिन्धुपाल्चोक जिल्ला आसपासका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
महाशाखाले भनेको छ– तल चित्रमा वर्षा गराउने उक्त प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै गरेको देख्न सकिन्छ। त्यसैले ती स्थानहरूमा आगामी एक/दुई घण्टा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउनुहोला।
हेर्नुहोस् चित्र-

Shares

प्रतिक्रिया