राजनीति


गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि प्रहरीसँग जाइलाग्ने?

गृहमन्त्री लेखकको प्रश्न : आफैँ गल्ती गर्ने अनि प्रहरीसँग जाइलाग्ने?

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १७:४५, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले संयमित भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

प्रहरीले संयमित, सरल, सहज, इमान्दार भएर आम नागरिकको सेवा प्रदान गर्ने काम गर्नुपर्ने गृहमन्त्री लेखकको भनाई थियो। 

अपराध गरेकाहरूलाई पनि प्रहरीमाथि आक्रमण गर्ने प्रयास नगर्न सचेत गराउँदै उनले आफूले गल्ती गर्ने, अनि प्रहरीसँग जाईलाग्ने, झगडा गर्ने वा आफूले भनेको ठिक हो भन्न ढंगले कसैले पनि अघि बढ्न नहुने स्पष्ट पारे।

‘प्रहरीले संयमित भएर, सरल भएर, सहज भएर इमान्दार भएर नागरिकको, व्यक्तिको सेवा गर्ने र सेवा प्रदान गर्ने काम गर्नुपर्दछ। मैले यो आग्रह गरेँ। अर्को कुरा अन्याय गर्ने मानिसले पनि अन्याय गरिहाल्ने, त्यसपछि झगडा गर्न आउने काम पनि गर्नुहुन्न। अन्याय गरेको छ, अपराध गरेको छ भने देशको कानुनले, पद्धतिले, प्रक्रियाले त्यसको अनुसन्धान हुन्छ। छानबिन हुन्छ। हेर्नुपर्ने निकायहरूले हेर्दछन् । त्यसलाई गलत काम गर्ने मानिसले पनि त्यही ढंगले हेर्नुपर्दछ। आफू गल्ती गर्ने, अनि प्रहरीसँग जाइलाग्ने, झगडा गर्ने अथवा मैले भनेको कुरा ठिक हो भन्ने ढंगले जानुहुन्न,’ गृहमन्त्री लेखकले भने। 

आइतबार काठमाडौँ उपत्यका ट्राफिक कार्यालयमा ट्राफिक भाइलेन्स रेकर्ड सिस्टमको शुभारम्भ गर्दै उनले गल्ती गर्नेहरुलाई सम्झाइबुझाई काम गर्न निर्देश गरे। 

ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा लागि विद्यालय तहमा बढी जोड दिएर सचेतना कार्यक्रमलाई अघि बढाउन आवश्यक भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यस काममा लाग्न पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने पनि बताए।

‘ट्राफिकमा पनि म त्यो देख्छु, कही प्रहरीको कमजोरी हुन्छन्। त्यस्तो गर्ने मानिसलाई पनि सम्झाईबुझाई गरेर प्रहरीले ठिक ढंगले सेवा दिनुपर्दछ। त्यसो भएको हुनाले म के आग्रह गर्न चाहन्छु भने यो ट्राफिक प्रहरीको बारेमा पनि ट्राफिक रुल्सहरूको बारेमा, नियमहरुको बारेमा सचेतना गर्न पनि जरुरी छ। तपाईहरुले यसलाई विद्यालयसँग पनि जोड्नुभएको छ। यसलाई थप विद्यालयसँग जोड्दै जानुपर्दछ भन्ने मलाई लाग्दछ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad