चीनको हुपेइ प्रान्तमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै देशका कतिपय भागमा रेल तथा अन्य यातायात सेवा बन्द गरिएका थिए।
सिनजियाङको राजधानी उरुम्की र सिनजियाङकै हमी, तुर्पान र होर्गोस जोड्ने तिब्र गतिको बुलेट ट्रेनको सेवा बुधबारदेखि सुरु भएको रेल अधिकारीहरुले बताएका छन्।
चाइना रेलवेका अनुसार अरु कम गतिका रेलहरुको सेवा पनि चाँडै सुरु हुनेछ।
सिनजियाङ रेलवे अधिकारीहरुले यात्रुहरुले अनलाइन वा रेलवे स्टेशनमै आएर टिकट किन्न सक्ने बताएका छन्।
सिनजियाङका उद्योग धन्दा सबै पूर्ण क्षमतामा सञ्चालन हुन थालेका छन् भने मानिसको दैनिक जीवन सहज भएको छ। सिनजियाङमा लगातार २३ दिनसम्म कोरोनाभाइरसका एक जना पनि रोगी फेला परेका छैनन्।
स्थानीय सरकारले कोरोनाभाइरसको सङ्क्रमण सिनजियाङमा देखा नपरेको भन्दै आपतकालीन स्थितिलाई हटाएको छ। सिन्ह्वा

प्रतिक्रिया