समाज


कोरोनाको आशंकामा ६ जनालाई राखियो टेकु र पाटन अस्पतालको आइसोलेसनमा

कोरोनाको आशंकामा ६ जनालाई राखियो टेकु र पाटन अस्पतालको आइसोलेसनमा

नेपालखबर
फागुन २९, २०७६ बिहिबार १०:१०,

नाेबल कोरोना (कोभिड-१९) भाइरसको संक्रमण हुनसक्ने आशंकामा बिहीबार ६ जनालाई आइसोलेसनमा राखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४ तथा पाटन अस्पतालमा थप २ जना आइसोलेसनमा राखिएको हाे।

उनीहरुलाई बिहीबार नै आइसोलियसनमा राखिएको र नमूना परिक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको उनले बताए।

यसअघि काेराेना संक्रमणसँग मिल्दाेजुल्दाे लक्षण देखिँदा करिब साढे ४ सयकाे ल्याब परिक्षण गर्दा एकजना बाहेक कुनैमा पनि काेराेनाका लक्षण पाइएकाे छैन। एकजनामा लक्षण देखिएकाेमा ती व्यक्ति पनि निकाे भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad