समाज


भक्तपुरमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

भक्तपुरमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

नेपालखबर
कात्तिक १९, २०८१ सोमबार ६:८, काठमाडौँ

भक्तपुरको मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकललाई बसले ठक्कर दिँदा एक महिलाको मृत्य भएको छ । 

आइबार साँझ भक्तपुरबाट काठमाडौँर्फ जादै गरेको बा प्र ०१–००६ख २९९६ नम्बरको मयुर यातायातको बसले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२८प ०५३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। 

सो दुर्घटनामा मोटरसाइकलको पछाडि सवार चाँगुनारायण-७ बागेश्वरी बस्ने ४५ वर्षीय अप्सरा फुयालको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले बस र मोटरसाइकलसहित दुवै चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad