समाज


देशभर २८ हजारभन्दा धेरै जनामा डेंगी संक्रमण, काठमाडौँसहित ६ जिल्ला उच्च जोखिममा

देशभर २८ हजारभन्दा धेरै जनामा डेंगी संक्रमण, काठमाडौँसहित ६ जिल्ला उच्च जोखिममा

फाइल तस्बिर: काठमाडौँको टेकु अस्पतालमा उपचाररत डेंगी संक्रमण


नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार १३:५९, काठमाडौँ

देशभर २८ हजारभन्दा धेरै मानिसमा डेंगीको संक्रमण फैलिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशका २८ हजार २ सय १२ जना यसको संक्रमण देखिएको हो।

देशका ७६ जिल्लामा डेंगीको संक्रमण फैलिइसकेको छ।

सात प्रदेशमध्ये गण्डकी प्रदेश डेंगीको उच्च जोखिममा देखिएको छ। ११ जिल्ला रहेको गण्डकी प्रदेशमा १३ हजार ८ सय ९८ जनामा संक्रमण फैलिइसकेको छ।

देशभरका कूल संक्रमितमध्ये झन्डै आधा (४९.३ प्रतिशत) संक्रमित गण्डकी प्रदेशमै छन्।

गण्डकी प्रदेशको कास्की जिल्लामा मात्रै ७ हजारभन्दा धेरै संक्रमित छन्। यस जिल्लामा ७ हजार १ सय ६१ जनामा डेंगी संक्रमण देखिएको हो। 

गण्डकीपछि बागमती प्रदेशमा धेरै संक्रमण देखिएको छ। बागमती प्रदेशमा ९ हजार १ सय ३२ जनामा संक्रमण फैलिएको छ।

यसैगरी कोसी प्रदेशमा १७ सय ४२, लुम्बीनीमा १४ सय ४५ र सुदूरपश्चिममा ११ सय ८९ जनामा संक्रमण देखिएको छ।

मधेस र कर्णाली प्रदेशमा सबैभन्दा कम संक्रमित छन्। मधेस प्रदेशमा ४ सय ८७ र कर्णालीमा ३ सय १९ जनामा यसको संक्रमण देखिएको छ।

धेरै संक्रमण देखिएका १० जिल्लामा कास्की, काठमाडौँ, तनहुँ, पर्वत, ललितपुर, चितवन, बागलुङ, गोरखा, भक्तपुर र कैलाली छन्।

यी दस जिल्लामध्ये कास्की, काठमाडौँ, तनहुँ, पर्वत, ललितपुर, चितवन गरी ६ जिल्ला उच्च जोखिममा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad