समाज


तिहारको बिदापछि खुले सरकारी कार्यालय

तिहारको बिदापछि खुले सरकारी कार्यालय

नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार १४:१७, काठमाडौँ

तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन्। तिहारको बिदा भाइटीकाको भोलिपल्टसम्म दिएकाले आजबाट मात्रै सरकारी कार्यालयहरू खुलेका हुन्।

साथै, आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय छोटिएको हो।

गत बिहीबार कात्तिक १६ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिए पनि तिहार बिदा परेका कारण आजदेखि सरकारी कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad