हात मिलाउँदा, अंकमाल गर्दा कोरोनाको संक्रमण फैलनसक्ने विश्व स्वास्थ्य संगठन डब्लूएचओले चेतावनी दिएको छ।
हात मिलाउनु, अंकमाल गर्नु र चुम्बन गर्नु पश्चिमा मुलुकको संस्कार हो। पश्चिममा कसैसँग भेट्दा, सम्मान र आदर प्रकट गर्न हात मिलाउने, अंकमाल गर्ने र चुम्बन गर्ने गरिन्छ।
तर कोरोनाको त्राससँगै पछिल्लो समय पश्चिमा मुलुकमा पूर्वेली समाजको ‘नमस्ते संस्कार’ स्थापित हुँदै गएको देखिएको छ।
यतिबेला पश्चिम मुलका देशहरुले हात मिलाउने, अंकमाल गर्ने र चुम्बन गर्ने संस्कारलाई तत्कालका लागि रोकेका छन्।
अमेरिकी स्वास्थ्य विभागले अमेरिकामा हात मिलाउन, अंकमाल नगर्न सुझाव दिएको छ भने फ्रान्सको स्वास्थ्य मन्त्रालयले तत्कालका लागि ‘ला बिसे’ संस्कारलाई रोक्न भनेको छ।
अभिवादन गर्ने फ्रान्सेली ला बिसे संस्कारअनुसार चुम्बन गरेर माया, सम्मान, प्रेम दर्साउने गरिन्छ।
Président Macron has decided to greet all his counterparts with a namaste, a graceful gesture that he has retained from his India visit in 2018 pic.twitter.com/OksoKjW7V8
नमस्ते गरेर कसैप्रति आदर र सम्मान व्यक्त गर्नु पूर्वेली संस्कार हो। कोरोना महामारीको त्रासले यतिबेला यही पूर्वेली संस्कारलाई पश्चिममा प्रचलित बनाउन थालेको छ।
हालै युरोपेली राष्ट्र फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों देशका विभिन्न स्थानमा भ्रमणमा पुगेका थिए। भ्रमणका क्रममा उनले कुनैपनि अधिकारीसँग हात मिलाएनन्, अंकमाल गरेनन्।
उनले सबैलई ‘नमस्ते’ गरे। फ्रान्सेली संचारमाध्यमका अनुसार म्याक्रोंले अब सबैलाई नमस्ते गरेरै सम्बोधन गर्ने निर्णय गरेका छन्।
भारतका लागि फ्रान्सका राजदूत इम्यानुअल लिनेनले म्याक्रोंले भारतमा आउँदा नमस्ते संस्कार सिकेको बताएका छन्।
Prince Charles greets Ant and Dec with namaste gesture at Prince’s Trust Awards https://t.co/mzUEH0gM04 pic.twitter.com/HIWHamXY5V
— ITV News (@itvnews) March 11, 2020
लिनेनले ट्वीटमा भनेका छन्,‘राष्ट्रपति म्याक्रोंले आफ्ना समकक्षीहरुलाई नमस्ते गर्ने निर्णय गरेका छन्। यो आकर्षक इशारा उहाँले सन् २०१८ मा भारत भ्रमणका बेला सिकेका थिए।
म्याक्रोंले मात्र होइन बेलायती राजकुमार चार्ल्स पनि नमस्ते संस्कारलाई अंगालेका छन्। हालै प्रिन्स चार्ल्स प्रिन्स ट्रस्ट अवार्ड कार्यक्रममा सहभागी हुन लन्डन पुगेका थिए।
त्यहाँ उनले कसैसँग हात मिलाउन चाहेनन्। उनले सबैलाई नमस्ते गरेका थिए। त्यसको भिडियो पनि सार्वजनिक भएको छ।
कोरोनाको त्रास बढेपछि इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहु र त्यहाँका स्वास्थ्यमन्त्री याकोभ लित्जम्यानले पनि आफूहरुले नमस्ते गर्ने बताएका थिए।
Prince Charles says he is struggling not to shake hands because of #Coronavirus Arriving at @PrincesTrust awards this afternoon, he twice extended his hand before withdrawing it at the last minute. ‘It’s just so hard to remember not to,’ he laughed and offered a #Namaste instead pic.twitter.com/cGGpPsvZfH
— Rebecca English (@RE_DailyMail) March 11, 2020

नेतन्याहु

प्रतिक्रिया