काठमाडौँको ठमेलबाट एक थान कटुवा पेस्तोल र ४ राउन्ड गोली बरामद भएको छ। काठमाडौँ महानगरपालिका–२६ स्थित यति कोजी होटलबाट बुधबार बिहान प्रहरीले सो संख्यामा पेस्तोल र गोली बरामद गरेको हो।
उक्त होटलको पहिलो तल्लामा रहेको कोठा नम्बर २०२ भित्र होटलको स्टाफले सरसफाई गर्ने क्रममा पेस्तोल र गोली फेला परेको खबर गरेकी थिइन्।
उक्त खबर पाएपछि प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले हतियार बरामद गरेको हो।
उक्त हतियार कसले राखेको भन्नेबारे खुलेको छैन। प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ।
498
Shares

प्रतिक्रिया