केही दिनयता देशभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ।
मौसमविद्का अनुसार थोरै घटबढ भइरहने भए पनि मूलतः तापक्रम घट्दो क्रममै छ।
यसै क्रममा आज (बिहीबार) बिहान न्यूनतम तापक्रम सबैभन्दा कम जुम्लामा -४.९ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो (बुधबार) जुम्लाको न्यूनतम तापक्रम न्यूनतम तापक्रम -५.५ डिग्री सेल्सियस थियो।
यस्तै आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पनि थोरै बढेको छ। बुधबार ५.६ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ५.७ डिग्री सेल्सियस रहेको महाशाहखाले उल्लेख गरेको छ।
हेर्नुहोस् देशभरको तापक्रम विवरण (नोटः न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजोका)-

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।
न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। यसरी न्यूनतम तापक्रमले रातिको तथा अधिकतम तापक्रमले दिनको जाडो जनाउँछन्।
यही डिसेम्बर १ देखि नेपालमा विन्टर अर्थात् हिउँदयाम लागेको छ। अत: चिसो बढ्दै गएको हो।
Shares

प्रतिक्रिया