जापान सरकारको अनुदान रु एक करोड ३५ लाखको लागतमा हुम्लाको सदरमुकाम सिमीकोटमा बालगृहको भवन निर्माण गरिएको छ।
जुम्लामा आयोजित कार्यक्रममा जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गरे।
भवनमा ३० जना बालबालिकालाई आश्रय दिने क्षमता छ।
नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायत गतिविधि सञ्चालन गर्नसक्ने यहाँस्थित जापानी राजदूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। रासस
30
Shares

प्रतिक्रिया