समाज


बर्दिबासमा इन्जिनियरिङ पढ्दै गरेकी एक छात्राको मृत्यु, २ बिरामी

तीन छात्राले एकसाथ विष खाएको आशंका
बर्दिबासमा इन्जिनियरिङ पढ्दै गरेकी एक छात्राको मृत्यु, २ बिरामी

नेपालखबर
पुस १७, २०८१ बुधबार १३:१८, काठमाडौँ

महोत्तरीको बर्दिबासमा रहेको एक विद्यालयमा अध्ययनरत तीन छात्राले एकसाथ विष खाएको आशंका गरिएको छ। विष खाएकीमध्ये एक छात्राको मृत्यु भएको प्रहरीको भनाई छ। अन्य दुईछात्रा बिरामी परेका छन्। 
 
बर्दिबास नगरपालिका- ११, खयरमारामा रहेको निर्मल लामा बहु प्राविधिक शिक्षालयमा अध्ययन तीनजना छात्राले एकसाथ विष खाएको दाबी प्रहरीले गरेको छ। 

विष पिएका तीनमध्ये एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। मृत्यु हुनेमा शिक्षालयमा अध्ययनरत सिराहाको धनगढी माई नगरपालिका- १० की १६ वर्षीया रिंकु शर्मा छिन्। 

उनीसँगै विष पिएकी सिराहाको धनगढी- ११ की १९ वर्षीया सञ्जु यादव र महोत्तरीको मनरासिसवा नगरपालिका- २ की १७ वर्षीया उषा पण्डित बिरामी परेका छन्। उनीहरुको बर्दिबासमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। उनीहरू जियोमेट्रिक इन्जिनियरिङ (पहिलो सेमेस्टर) का विद्यार्थी हुन्। 

उनीहरूले के कारणले एकसाथ विषय सेवन गरे भन्ने थाहा हुन नसकेको निर्मल लामा बहुप्राविधिक शिक्षालयका प्रधानाध्यापक रमण मेहताले नेपालखबरलाई जानकारी दिए। 

परीक्षा बिग्रिएको भन्दै उनीहरूले विष सेवन गरेको चर्चा चले पनि हाल शिक्षालयमा कुनै पनि परीक्षा सञ्चालन नभएको मेहताले बताए।

मेहताका अनुसार शिक्षालयमा यही पुस २२ गतेदेखि जाडो बिदा सुरु हुँदैछ। जाडो बिदा सुरु हुनुभन्दा अगाडि सबै विद्यार्थीको कक्षा टेस्ट भएको उनले जानकारी दिए। 

हाल शिक्षालयमा देशका २८ जिल्लाका विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन्। 

यही पुस १५ गते घुम्न भनेर उनीहरू विद्यालयबाट हिंडेको बुझिएको छ। घुम्न भनेर सँगै हिँडेका तीनैजनाले माइस्थान जंगलमा गएर विषय पिएका प्रहरीले जनाएको छ। 

घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले उनीहरूलाई अस्पताल लगेको थियो। हाल दुईजनाको बर्दिबासस्थित शुभस्वस्तिक हस्पिटरमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad